Contact: 977- 6610026|Email: nwpp@ntc.net.np

नारायणमान बिजुक्छे

नारायणमान  बिजुक्छे
नारायणमान बिजुक्छे

सम्पर्क: ६६१००२६

इमेल: nwpp@ntc.net.np

ठेगाना: भक्तपुर

     नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का नारायणमान बिजुक्छे (रोहित) को जन्म वि।सं. १९९६ साल फागुन २६ गते भक्तपुर (बागमती अञ्चल) को सुकुलढोका-८ मा भएको थियो । पिता गणेशमान बिजुक्छे र माता सूर्यमाया बिजुक्छेका पाँच भाइ छोराहरूमध्ये उहाँ जेठो हुनुहुन्छ । रोहितका प्रकाशित कृतिहरू हुन्- 'नेपालको कम्युनिष्ट आन्दोलनमा खोटा विचारहरूको खण्डन', 'विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू', 'नेपाल-भारतसम्बन्ध र भारत', 'चार रचना', 'आत्मनिर्भरताको प्रश्न र नेपालको आर्थिक विकास' तथा 'कोरिया भ्रमण' अादी छन् । साहित्यको क्षेत्रमा उहाँ- 'हरिबहादुर श्रेष्ठ'को उपनाममा लेख्नुहुन्छ । उत्तर कोरिया, क्यूबा, लाओस, भियतनाम, कम्बोडिया र चीन उहाँका मनपर्ने ठाउँ हुन् । कार्ल माक्र्स, एङेल्स, लेनिन, स्टालिन, माओ त्से तुङ, हो चि मिन्ह र किम इल सुङलाई आदर्श मान्नुहुन्छ । 

    नेपाली, हिन्दी र अंग्रेजीका साथसाथै मातृभाषा नेवारी राम्ररी लेख्नु र बोल्नुहुन्छ । भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढ्नुभयो । २०१०-११ सालमा गौरमा नेत्रदान कार्यक्रममा स्वयंसेवक, ०१२ सालमा रौतहटका बाढी पीडितहरूको सहायताका लागि कम्युनिष्ट पार्टीको र्‍यालीमा सहभागिता, ०१३ सालमा विद्यार्थी फेडरेशनको सदस्य, ०१७-१८ मा युनियन (कलेज) को अध्यक्ष, ०१५ सालताका मार्क्सवादी अध्ययन सर्कलमा संलग्न, ०१६-१७ मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष , ०१६ सालमा चीनमा उपचारार्थ रहनुभयो ।

नारायणमान बिजुक्छेका प्रकाशनहरु

समय र विचार -२
समय र विचार -२

  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) का ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक लगायत अन्य सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ता सड्ढलन ‘समय र विचार’ पार्टीको सातौ“ महाधिवेशनको अवसर पारी २०७६ असोजमा प्रकाशित गरिएको थियो । अहिले पार्टीको आठौ“ महाधिवेशनको सङ्घारमा का. रोहितका सड्ढलित अन्तर्वार्ता ‘समय र विचार’ भाग–२ प्रकाशित गरिएको छ । यस सड्ढलनमा पार्टीको ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र जनवर्गीय एवम् पेशागत समाजलगायतका प्रकाशन तथा अन्य सञ्चारमाध्यममा का. रोहितले व्यक्त गर्नुभएका विचार सङ्ग्रहित छन् ।