Contact: 977- 6610026|Email: nwpp@ntc.net.np

हरिबहादुर श्रेष्ठ

हरिबहादुर श्रेष्ठ
हरिबहादुर श्रेष्ठ

सम्पर्क: ६६१३३६२

इमेल: info@nwpp.org.np

ठेगाना: गोल्मढी, भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का नारायणमान बिजुक्छे (रोहित) को जन्म वि।सं. १९९६ साल फागुन २६ गते भक्तपुर (बागमती अञ्चल) को सुकुलढोका-८ मा भएको थियो । पिता गणेशमान बिजुक्छे र माता सूर्यमाया बिजुक्छेका पाँच भाइ छोराहरूमध्ये उहाँ जेठो हुनुहुन्छ ।

रोहितका प्रकाशित कृतिहरू हुन्- 'नेपालको कम्युनिष्ट आन्दोलनमा खोटा विचारहरूको खण्डन', 'विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू', 'नेपाल-भारतसम्बन्ध र भारत', 'चार रचना', 'आत्मनिर्भरताको प्रश्न र नेपालको आर्थिक विकास' तथा 'कोरिया भ्रमण'  अादी छन् । साहित्यको क्षेत्रमा उहाँ- 'हरिबहादुर श्रेष्ठ'को उपनाममा लेख्नुहुन्छ ।

उत्तर कोरिया, क्यूबा, लाओस, भियतनाम, कम्बोडिया र चीन उहाँका मनपर्ने ठाउँ हुन् । कार्ल माक्र्स, एङेल्स, लेनिन, स्टालिन, माओ त्से तुङ, हो चि मिन्ह र किम इल सुङलाई आदर्श मान्नुहुन्छ । नेपाली, हिन्दी र अंग्रेजीका साथसाथै मातृभाषा नेवारी राम्ररी लेख्नु र बोल्नुहुन्छ । भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढ्नुभयो । २०१०-११ सालमा गौरमा नेत्रदान कार्यक्रममा स्वयंसेवक, ०१२ सालमा रौतहटका बाढी पीडितहरूको सहायताका लागि कम्युनिष्ट पार्टीको र्‍यालीमा सहभागिता, ०१३ सालमा विद्यार्थी फेडरेशनको सदस्य, ०१७-१८ मा युनियन (कलेज) को अध्यक्ष, ०१५ सालताका मार्क्सवादी अध्ययन सर्कलमा संलग्न, ०१६-१७ मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष , ०१६ सालमा चीनमा उपचारार्थ रहनुभयो ।

प्रकाशनहरु

  • आकाश बाँधिएको छैन कविता संग्रह
  • हरिबहादुर श्रेष्ठका कथाहरु
  • मार्गनिर्देशबारे भाईवहिनीहरुलाई चिठी

हरिबहादुर श्रेष्ठका प्रकाशनहरु

आत्मनिर्भरताको प्रश्न
आत्मनिर्भरताको प्रश्न
आत्मनिर्भरता हाम्रो देशको स्वस्थ अर्थतन्त्रको मूल जरो हो । नेपाली जनताको पाखुरा र बुद्धिमा विश्वास गर्ने हो भने, इतिहासबाट शिक्षा लिन नहिच्किचाउने हो भने हामी अरूको मुख ताकेर अर्काको झिनो दयामा बाँच्नुपर्ने छैन । हामी आफ्नो खुट्टामा उभिन सक्छौँ । त्यसको निम्ति एउटै कुरा जरुरी छ त्यो हो, अभाव, सङ्कट र कठिनाइसँग भिड्ने राष्ट्रिय साहस, साम्राज्यवाद र उपनिवेशवादको विरोधमा लड्ने सङ्कल्प र देशलाई आफ्नै खुट्टामा उभ्याउनका निमित्त चाहिने मेहनत, उत्साह अनि त्यागको भावना । भारत बेलायती साम्राज्यवादको जुत्तामुनि दब्नुभन्दा पहिले र सुगौली सन्धिभन्दा अघि नेपाल आफ्नै खुट्टामा उभिएको थियो । त्यसबेलाको दाँजोमा आजको नेपालले भौतिकरूपले अवश्य पनि धेरै प्रगति गरिसकेको छ ।
राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी
राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी

राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी

 

जनताको साहित्य र साहित्यकार
जनताको साहित्य र साहित्यकार

पहिली संस्करण : १९७६ मार्च (२०३२ चैत) , जनताको साहित्य प्रकाशन, बागमती अञ्चल

दोश्रो संस्करण : २०३८ भाद्र , जन लेखक सङ्घ , भक्तपुर

तेश्रो संस्करण : २०५८ जेठ , नेपाल क्रान्तिकारी महिला संघ